९ महिनामा १ खर्बको डिजेल खपत

हिमाल प्रेस ६ वैशाख २०८० २०:०३ | Wednesday, April 19, 2023
९ महिनामा १ खर्बको डिजेल खपत

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८०को पहिलो ९ महिनामा नेपालमा १ खर्ब रुपैयाँभन्दा बढीको डिजेल खपत भएको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्म १ खर्ब १२ अर्ब ४० करोड ८३ लाख रुपैयाँको डिजेल आयात भएको छ।

नेपाल आयल निगमका अनुसार आयात भएको सबै डिजेल खपत हुने गरेको छ। विभागको तथ्यांकअनुसार ९ महिनामा ९ लाख ५२ हजार १८ किलोलिटर डिजेल आयात भएको छ।

डिजेल आयातबापत सरकारले ३८ अर्ब ३७ करोड १४ लाख ४० हजार रुपैयाँ राजस्व उठाएको छ। विभागका अनुसार साउनदेखि चैतसम्म ४९ अर्ब ७४ करोड ७२ लाख २२ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ।

४ लाख ९९ हजार ३९ किलोलिटर पेट्रोल आयात भएको भन्सार विभागको तथ्यांक छ। विभागले बुधबार मुलुकको व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो।

तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारमा संकुचन आएको छ। वैदेशिक व्यापारमा संकुचन आए पनि वैदेशिक व्यापार घाटा पौनै ११ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

प्रकाशित: ६ वैशाख २०८० २०:०३ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast