जेबी ओलीको गीत ‘राजा मार्ने देश’ (भिडियोसहित)

हिमाल प्रेस ६ वैशाख २०८० १४:३२ | Wednesday, April 19, 2023
जेबी ओलीको गीत ‘राजा मार्ने देश’ (भिडियोसहित)

काठमाडौँ- जेबी ओलीको शब्द संगीत र स्वरमा ‘राजा मार्ने देश’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार तथा गायक ओलीकै आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

खेमराज गौतमको संगीत संयोजन रहेको गीतका निर्देशक पनि ओली नै हुन्। दरबार हत्याकाण्डबारे बुझाउन खोजिएको प्रसंगबाट गीत सुरु भएको छ।

भिडियोमा सुरवीर पण्डित ‘दारी बा’, रश्मी भट्ट, बाल कलाकार आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होम सिंह विश्वकर्माको अभिनय छ।

नवीन घर्ती मगरले सम्पादन गरेको गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन्।

प्रकाशित: ६ वैशाख २०८० १४:३२ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast