समयअगावै पूर्ण बिक्री भयो महालक्ष्मी विकास बैंकको ऋणपत्र

हिमाल प्रेस ६ वैशाख २०८० १३:२१ | Wednesday, April 19, 2023
समयअगावै पूर्ण बिक्री भयो महालक्ष्मी विकास बैंकको ऋणपत्र

काठमाडौँ- महालक्ष्मी विकास बैंकले चैत २९ गते निकालेको ‘११% महालक्ष्मी डिबेन्चर-२०८९’ तोकिएको समयभित्रै पूर्णरूपमा बिक्री भएको छ। उक्त ऋणपत्र खरिदका लागि छिटोमा वैशाख ४ गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो। वैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको बैंकले जनाएको छ।

१० वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको सो ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका १० लाख कित्ताले हुन आउने जम्मा रकम एक अर्ब रुपैयाँ बराबरको हो। यसमा ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र ४० प्रतिशत रकम सर्वसाधारण नेपालीहरूका लागि सार्वजनिक निष्कासनबाट बिक्रीका लागि खुला गरिएको थियो।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समयावधि अगावै ऋणपत्र पूर्ण रूपमा बिक्री हुन सफल भएकोमा संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूलाई आभार प्रकट गरे।

प्रकाशित: ६ वैशाख २०८० १३:२१ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast