मोटरसाइकलको ठक्करबाट मर्‍यो चितुवा

हिमाल प्रेस ६ वैशाख २०८० ७:४७ | Wednesday, April 19, 2023
मोटरसाइकलको ठक्करबाट मर्‍यो चितुवा फाइल तस्बिर

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकामा मोटरसाइकलले ठक्करबाट चितुवा मरेको छ।

बेनी–१ रत्नेचौरको घैयारामा मंगलबार साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको हो।

सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा एक्कासी ठोक्किएपछि घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालय म्याग्दीका राजेन्द्र सापकोटाले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोक्किएको थियो। करिब ४० किलोको चितुवाको उमेर २ वर्ष अनुमान गरिएको छ। मोटरसाइकल चालक भने सुरक्षित नै रहेका प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८० ७:४७ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast