‘ब्रह्माण्ड’को छायांकन पोखराबाट सुरु

हिमाल प्रेस ५ वैशाख २०८० १६:२२ | Tuesday, April 18, 2023
‘ब्रह्माण्ड’को छायांकन पोखराबाट सुरु

काठमाडौँ- नेपाली सिरिज ‘ब्रह्माण्ड’को मंगलबार शुभमुर्हूतसहित पोखराबाट छायांकन सुरु गरिएको छ। पोखरास्थित गुप्तेश्वर महादेव मन्दिरमा सिरिजको शुभमुहूर्त गरिएको हो।

सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा, सञ्जय ढुंगानाको अभिनय छ।

निर्माण पक्षका अनुसार यस सिरिजको पहिलो सिजन ८ भागको हुनेछ।  यसको पूरै भाग ८ घण्टाको हुन्छ।

सिरिज ओटीटी प्ल्याटफर्ममा रिलिज गरिनेछ। रियाज नाटककारको लेखन तथा निर्देशन रहेको सिरिजको छायांकार पुरुषोत्तम प्रधान हुन्।

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज् पोखराको संयुक्त लगानीमा बनेको सिरिजका कार्यकारी निर्माता सागरराज आचार्य हुन्।

प्रकाशित: ५ वैशाख २०८० १६:२२ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast