गृहमन्त्रीको राजीनामा माग्दै मिटरब्याजपीडितको प्रदर्शन

हिमाल प्रेस ५ वैशाख २०८० १२:५७ | Tuesday, April 18, 2023
गृहमन्त्रीको राजीनामा माग्दै मिटरब्याजपीडितको प्रदर्शन

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजपीडितले काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूले बताएका छन्। शान्तिवाटिकामा सोमबार प्रहरीको लाठी प्रहारबाट केही पीडित घाइते भएपछि उनीहरू थप आन्दोलित भएका हुन्।

शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको आरोप मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले लगाए। उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्।

यसअघि आन्दोलनरत मिटरब्याजपीडित संघर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको थियो। त्यसपछि सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको थियो।

प्रकाशित: ५ वैशाख २०८० १२:५७ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast