दुवै सदनको बैठक बस्दै

हिमाल प्रेस ५ वैशाख २०८० ८:४३ | Tuesday, April 18, 2023
दुवै सदनको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठक पनि आजै बस्दैछ। बैठक दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८० ८:४३ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast