सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ गतेदेखि

हिमाल प्रेस ४ वैशाख २०८० १७:०० | Monday, April 17, 2023
सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ गतेदेखि

काठमाडौँ- उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले आयोजना हुन लागेको सातौँ संस्करणको चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ गतेदेखि हुने भएको छ।

चितवन प्रदर्शनी केन्द्र भरतपुरमा प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ। चितवनका उद्योगीहरूको छाता संगठन चितवन उद्योग संघले प्रदर्शनीको आयोजना गर्न लागेको हो।

प्रदर्शनीमा नेपाल उद्योग परिसंघको सहयोग रहनेछ। त्यस्तै मिडिया स्पेस सोलुसन्स कम्पनी र फ्यूचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापन हुनेछ। प्रदर्शनी वैशाख २२, २३ र २४ गते हुने आयोजकको भनाइ छ।

उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेला उद्योगी व्यवसायीहरूको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताए। कठिन परिस्थितिमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनको भनाइ थियो।

प्रकाशित: ४ वैशाख २०८० १७:०० | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast