लोकदोहोरी गायक खड्ग गर्बुजाले ल्याए लाहुरे ठाडो भाका [भिडियोसहित]

हिमाल प्रेस २ वैशाख २०८० १७:०१ | Saturday, April 15, 2023
लोकदोहोरी गायक खड्ग गर्बुजाले ल्याए लाहुरे ठाडो भाका [भिडियोसहित]

काठमाडौँ– वरिष्ठ लोकगायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ। नयाँ वर्ष २०८० वैशाख १ गते सार्वजनिक भएको गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ। द भ्वाइस अफ नेपालकी ताराश्रीष मगरले गर्बुजालाई गायनमा साथ दिएकी छन्।

‘लाहुरेको मनको कुरा बोलेको छ यो गीतले। गण्डकी अञ्चलमा रहेका गुरुङ मगरहरू लाहुरे जाँदा गाइने गीत हो, लाहुरे’ गीतको सन्दर्भ जोड्दै भने उनले।

गर्बुजालाई सालैजो सोरठी, यानिमाया ठाडो भाका कौरा झ्याउरे ख्यालीजस्ता लोकप्रीय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन्। गायक गर्बुजाले पुराना गीतलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने बताए।

कालीगण्डकीको सेरोफेरोमा मौलिकपन झल्किने गायक गर्बुजा सालैजो, ठाडो भाका, यानीमाया, कौराजस्ता गीत गाउँदै आएका छन्। तीस वर्षदेखि लोकदोहोरी गीतमा आफ्नो स्वर दिँदै आएका गायक गर्बुजाको लाहुरे ठाडो भाकाले लाहुरेको कथा भन्छ। गीतको भिडियोमा पुराना अभिनेता राहुल केसी र अभिनेत्री केकी अधिकारीको रहेको छ।

राजु केसीको निर्देशनमा तयार भएको गीतलाइ रक्षा बानिया र आकाश केसीले निर्माण गरेको हुन्। सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको लाहुरेमा केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रकाशित: २ वैशाख २०८० १७:०१ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast