काठमाडौँ- शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको शनिबार निधन भएको छ। १०० वर्षीया राधादेवीको बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको उनका छोरा अणुराज जोशीले जानकारी दिएका हुन्।
श्वासप्रश्वासका कारण दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।
प्रकाशित: २ वैशाख २०८० ७:०४ | Saturday, April 15, 2023
प्रतिक्रिया






🙏🙏🙏