दाङको तुलसीपुरमा आगोमा जलेर एकको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८० ६:४५ | Saturday, April 15, 2023
दाङको तुलसीपुरमा आगोमा जलेर एकको मृत्यु

दाङ- दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गएको छ।

तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ।

आगोमा जलेर गम्भीर घाइते भएका बलिराजको उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ज्यान गएको हो।

प्रकाशित: २ वैशाख २०८० ६:४५ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast