पिस कोरका सहनिर्देशक दुईदिने नेपाल भ्रमणमा

हिमाल प्रेस १४ मंसिर २०७९ १२:३५ | Wednesday, November 30, 2022
पिस कोरका सहनिर्देशक दुईदिने नेपाल भ्रमणमा

काठमाडौँ- पिस कोरको विश्वव्यापी कार्यालयका सहनिर्देशक स्कट बिइल दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। काठमाडौँ बसाइँका क्रममा सहनिर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिसँग भेट गरी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्नेछन्।

स्वयंसेवकलाई सन् २०२३ को सुरुवातमा फिर्ता ल्याउने पिस कोरको योजना छ। पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन गरेको थियो।

सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीले १४२ मुलुकमा सेवा गरिसकेका छन्।

त्यसयता झन्डै ४ हजार अमेरिकीले नेपालभर सेवा पुर्‍याएका छन्। कोभिड–१९ का क्रममा भएको विश्वव्यापी लकडाउनको समयमा नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए।

पिस कोर विश्व शान्ति तथा मित्रता लागि सञ्चालित अन्तर्राष्ट्रिय स्वयंसेवा सञ्जाल हो। विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोरका स्वयंसेवक शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकासका परियोजनाहरूमा काम गर्छन्।

प्रकाशित: १४ मंसिर २०७९ १२:३५ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast