यस्तो छ ‘ज्याकीः आई एम ट्वान्टी वान’को ट्रेलर

हिमाल प्रेस १ वैशाख २०८० १७:०७ | Friday, April 14, 2023
यस्तो छ ‘ज्याकीः आई एम ट्वान्टी वान’को ट्रेलर

काठमाडौँ– फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक भएको छ। नयाँ वर्ष ०८० सालको अवसर पारेर वैशाख २१ गते प्रदर्शन हुने उक्त फिल्मको ट्रेलर शुक्रबार आइकोर फिल्म्स् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

ट्रेलर ३ मिनेट १५ सेकेन्डको रहेको छ। डान्स जनरामा बनेको फिल्ममा कलाकार धिरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा छन्। धिरज र जसितासहित फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बुलगायत कलाकारको अभिनय छ।

रेनेशा राईको निर्देशन रहेको फिल्म सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादनमा बनेको छ।

प्रकाशित: १ वैशाख २०८० १७:०७ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast