काठमाडौँ- फिल्म हल्काराको ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ५१ सेकेन्डको ट्रेलर आज ओएसआर युट्युबच्यानलबाट सार्वजनिक गरिएको हो।
रोजगारीका लागी विदेशिएका नेपाली बाकसमा फर्किनुपरेको पीडादायी कथा ट्रेलरमा देख्न सकिन्छ।
फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार उमेश तामाङ, पशुपति राई, भक्त अधिकारी, स्व. दीपक क्षेत्रीलगायतको अभिनय छ।
विक्रम सापकोटाको लेखन, निर्देशन र सम्पादनमा बनेको फिल्म आगामी वैशाख २९ गते प्रदर्शन हुनेछ।
https://youtu.be/wf1hbVYcjHs
प्रकाशित: ३० चैत २०७९ १३:३९ | Thursday, April 13, 2023
प्रतिक्रिया



