 
                             
                                            काठमाडौँ- सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन्।
चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा बुधबार बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएका थिए।
बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ का हुन्।
बुधबार अबेरसम्म खोजी कार्यमा जुटे पनि उनीहरुलाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
बिहीबार बिहानदेखि फेरि उनीहरूको खोजी कार्य सुरु हुँदैछ । सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजी कार्य भइरहेको पर्यटन विभागले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 