नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

हिमाल प्रेस २९ चैत २०७९ १६:३३ | Wednesday, April 12, 2023
नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

काठमाडौँ- नेपाल टेलिकमले स्प्रिङ अफर सार्वजनिक गरेको छ। टेलिकमले बुधबारदेखि लागू हुनेगरी अफर सार्वजनिक गरेको हो। अफरमा एफटीटीएच प्याकेजलाई थप आकर्षक बनाइएको कम्पनीले जानकारी दिएको छ।

अफरअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीको भनाइ छ। ‘पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ,’कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले १ वर्षका लागि प्याकेज तथा आइपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाएको छ।

त्यस्तै एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

साथै विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको कम्पनीले बताएको छ।

प्रकाशित: २९ चैत २०७९ १६:३३ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast