घोषणा गरिएका ६ मध्ये ३ फिल्म नयाँ वर्षमा भिड्दै

हिमाल प्रेस २९ चैत २०७९ १५:५८ | Wednesday, April 12, 2023
घोषणा गरिएका ६ मध्ये ३ फिल्म नयाँ वर्षमा भिड्दै

काठमाडौँ- वैशाख १ मा नेपाली सिनेमा हलहरूमा तीनवटा नेपाली फिल्म लाग्ने भएका छन्, ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’।

यसअघि यी तीनबाहेक अन्य तीन फिल्मले यही मितिमा प्रदर्शनमा आउने घोषणा गरेका थिए। ती थिए, ‘प्रसाद २’, ‘भगवत् गीता’, नाइँ न भन्नू ल ६’। विभिन्न कारण देखाउँदै यी फिल्मले प्रदर्शन मिति सारेपछि ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ भने भनेकै मितिमा आउने भएका छन्। तीनै फिल्मको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ।

‘बुलाकी’ लक्ष्मण सुनार निर्देशित फिल्म हो। जारी प्रथामा आधारित फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन्। उनीसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, प्रकाश कँडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, सोनु सेढाइलगायत कलाकारको अभिनय छ।

लिम्बू समुदायमा रहेको जारी कथामा आधारित फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।

दयाहाङ राई अभिनीत अर्को फिल्म ‘बिहे पास’का निर्देशक प्रवेश पौडेल हुन्। फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ, शिशिर वाङदेल, रविन्द्र झा, बुद्धि तामाङ, श्याम राईलगायत कलाकारको अभिनय छ।

नयाँ वर्ष नै तोके पनि ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘भगवत् गीता’ सो समयमा आउन सकेनन्। चलचित्र विकास बोर्डले समयमै सेन्सर पास नगरेको भन्दै ‘नाइँ न भन्नू ल ६’ प्रदर्शनको तीन दिनअघि रोकियो।

त्यस्तै लगानीकर्ताबीचको विवादका कारण ‘प्रसाद २’ भनेको समयमा सिनेमा हलमा लागेन। विवाद साम्य भएपछि फिल्मले वैशाख १५ नयाँ मिति घोषणा ग¥यो। झरना थापाको निर्देशन रहने फिल्म ‘भगवत् गीता’ भने छायांकनकै क्रममा छ।

वैशाख १५ मै सनमकुमार वैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ पनि प्रदर्शनमा आउने भनिएको छ। प्रेमकथामा आधारित फिल्ममा कुनाल विश्व, म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापालगायत कलाकारको अभिनय छ।

प्रकाशित: २९ चैत २०७९ १५:५८ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast