बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

हिमाल प्रेस २९ चैत २०७९ ७:०४ | Wednesday, April 12, 2023
बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बझाङ र बैतडी जोडने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८, झौलेक गाउ नजिक मंगलबार राति ११ बजेतिर जिप दुर्घटना भएको हो।

दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेस पन्थी सुरक्षाकर्मीसहित घटनास्थल पुगेका छन्। मृतक सबै बझाङको केदारस्यू गाउँपालिका ५ का बासिन्दा रहेका प्रहरीले जनाएको छ। चालकसहित १२ जना सवार जिप उकालोमा पछाडि धकेलिएको बुझिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान‍बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्।

प्रकाशित: २९ चैत २०७९ ७:०४ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast