समिट रेसिडेन्सी परियोजना व्यवस्थापनको जिम्मेवारी हाम्रो होइन : सीजी

हिमाल प्रेस २८ चैत २०७९ १५:५६
16
SHARES
समिट रेसिडेन्सी परियोजना व्यवस्थापनको जिम्मेवारी हाम्रो होइन : सीजी

काठमाडौँ- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट प्रकरणमा जोडिएकोप्रति चौधरी ग्रूपले (सीजी)ले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

ग्रूपले समिट परियोजना व्यवस्थापनको जिम्मेवारी आफ्नो नरहेको बताएको हाे। आफ्नो सेयर हिस्सेदारी ३० प्रतिशत मात्रै रहेको र बाँकी ७० प्रतिशत हिस्सा अरुकै रहेकाले व्यवस्थापनको जिम्मेवारी आफ्नो नरहेको बताएको हो।

समिट होटेलदेखि समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्सको ३० प्रतिशत मात्रै हिस्सा रहेको तर समाचारहरू सीजीले जिम्मेवारी लिनुपर्ने जसरी आएको भन्दै सीजीले ध्यानाकर्षण भएको बताएको हो।

मंगलबार विज्ञप्ति निकालदै सीजी डेभलपर्सले उक्त परियोजनामा ७० प्रतिशत हिस्सा अन्य व्यक्तिहरूको रहेकाले सम्बन्धित व्यक्तिहरूबाट सत्यतथ्य बाहिर आउने उल्लेख गरेको छ।

यसअघि बखुण्डोलमा निर्माणाधीन रहेको समिट अपार्टमेन्टका कारण स्थानीयका घर जोखिममा परेका छन्। घर जोखिममा परेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

अपार्टमेन्ट बनाउँदा सर्वसाधारणका घर भासिए

समिट होटलले भन्यो : जमिन भासिएको विषयमा छलफल गरेर काम अघि बढाइएको छ

समिट अपार्टमेन्ट आसपास भासिएको विषयमा छानबिन गर्न समिति गठन

प्रकाशित: २८ चैत २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =