नेपालका बैंकमा सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी

हिमाल प्रेस २८ चैत २०७९ १५:३८ | Tuesday, April 11, 2023
नेपालका बैंकमा सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले नेपालका बैंकमा सानोतिनो धक्काले जोखिम नआउने बताएका हुन्।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेकाले तत्काल सानोतिनो धक्काले जोखिम नआउने बताए। सबै किसिमले वित्तीय संस्थाहरूको तथ्यांकहरू बलिया रहेको उनको भनाइ थियो।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावका कारण समस्या आउने अवस्था नरहेको उनले बताए। पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको पनि उनले बताए।

प्रकाशित: २८ चैत २०७९ १५:३८ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast