यो सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्किन पाउँदैन : गगन थापा

हिमाल प्रेस २८ चैत २०७९ १५:३० | Tuesday, April 11, 2023
यो सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्किन पाउँदैन : गगन थापा कांग्रेस महामन्त्री गगनकुमार थापा।

काठमाडौँ-  सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिएका छन्। संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि बताए।

मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गरे। थापा ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउँछन्।

‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु– म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ। संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार,चार सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ। अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसक्नु भएको छ,’ उनले भने, ‘त्यो ठीक, बेठिक छोडौं। तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं। अव कसैलाई दोष दिएर पाइँदैन। अव भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाइन्न। अव नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ।’

उनले अबको पाँच वर्षपछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली कांग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाए मात्रै उपलब्धी हुने बताए।

प्रकाशित: २८ चैत २०७९ १५:३० | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast