‘लोकदोहोरी एप’ सार्वजनिक

हिमाल प्रेस २८ चैत २०७९ १२:२७ | Tuesday, April 11, 2023
2
SHARE
‘लोकदोहोरी एप’ सार्वजनिक

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘लोकदोहोरी एप’ सार्वजनिक गरेको छ। प्रतिष्ठानले सोमबार काठमाडौँमा एक कार्यक्रमबीच लोकदोहोरी एप सार्वजनिक गरेको हो।

प्रविधिको विकासँगै धेरै कुराहरूले फड्को मारेसँगै लोक तथा दोहोरी क्षेत्रको विकासका लागि एप्लिकेसनको सुरुवात गरेको प्रतिष्ठानकी अध्यक्ष रीता मगरले जानकारी दिइन्।

यस एपले लुकेर बसेका प्रतिभाहरूको खोजी गर्न सहज हुने उनले बताइन्। एप्लिकेसन सबैले प्रयोग गर्न सक्नेछन्। प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई एपमा राखिने आयोजकले बताइएको छ।

साथै पानी, बिजुलीलगायत अन्य कुराहरूको बिल तिर्न पनि मिल्ने छ। एप प्ले स्टोरबाट डाउलोड गर्न सकिनेछ।

प्रकाशित: २८ चैत २०७९ १२:२७ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast