पोखराको पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु निर्वाचन

हिमाल प्रेस २८ चैत २०७९ ९:३१ | Tuesday, April 11, 2023
पोखराको पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु निर्वाचन

काठमाडौँ- पोखराको पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख ३ गते हुने भएको छ।

निर्वाचन समितिले चैत ५ गते हुने नसकेको निर्वाचन वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ।

बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत प्रा।डा विकास केसीले जानकारी दिए। चैत ३० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए।

पछि निर्वाचन समितिले काम गर्न नसकिने भन्दै क्याम्पस प्रमुखलाई पत्र पठायो । विद्यार्थी संगठन ताला खोल्न सहमत भएपछि निर्वाचन समिति काम गर्न तयार भएको हो। पृथ्वीनारायण क्याम्पसमा १० हजार ८७० जना मतदाता छन्।

पोखराको ६ वटा क्याम्पसमध्ये वन विज्ञान अध्ययन संस्थानमा मात्र स्ववियु निर्वाचन भएको छ। त्यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुका समिर कार्की निर्वाचित भएका छन्।

पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान (इञ्जीनियरिङ क्याम्पस), जनप्रिय बहुमुखी क्याम्पस, विन्ध्यावासिनी संस्कृत विद्यापीठ र पोखरा नर्सिङ क्याम्पसमा निर्वाचन हुन सकेको छैन।

प्रकाशित: २८ चैत २०७९ ९:३१ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast