एनओसी निर्देशिका परिमार्जन गर्न शैक्षिक परामर्श व्यवसायीको ध्यानाकर्षण

हिमाल प्रेस २७ चैत २०७९ १९:२४ | Monday, April 10, 2023
एनओसी निर्देशिका परिमार्जन गर्न शैक्षिक परामर्श व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ- शैक्षिक परामर्श व्यवसायीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। व्यवसायीहरूले शिक्षा मन्त्री अशोक राईलाई मन्त्रालयमा भेटेर निर्देशिका अव्यवहारिक भएको भन्दै परिमार्जन गर्न ध्यानाकर्षण गराएका हुन्।

निर्देशिकाले विद्यालयतहमा अध्ययन गर्न जान चाहने तथा भाषा अध्ययनलाई आधार बनाएर उच्च शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूमा नो अब्जेक्सन लेटर (एनओसी) जारी नगर्ने विषय अव्यवहारिक रहेको विषयमा व्यवसायीले मन्त्री राईलाई ध्यानाकर्षण गराए।

यसका साथै वैदेशिक अध्ययन स्वीकृति प्रदान गर्न तयार गरिने विश्व विद्यालय, शैक्षिक संस्था तथा कार्यक्रमको सूची तयार गर्ने व्यवस्थालाई अन्यौलपूर्ण बनाइएको, सरोकारवालासँग छलफल नै नगरी तयार गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

परामर्श व्यवसायीले निर्देशिका समकालीन विश्व परिवेशमा स्थापित शैक्षिक प्रणाली तथा मापदण्ड अनुकूल नरहेको, नेपाली विद्यार्थी तथा अभिभावकहरूको हितको विषयलाई व्यवास्ता गर्दै, वैदेशिक शिक्षा प्रणालीका विषयमा ज्यादै न्युन जानकारीका आधारमा तयार गरिएको, विदेशी शिक्षाको नाममा विदेशी मुद्रा बाहिरीने विषयलाई मात्र जोड दिएर अदुरदर्शी रूपमा तयार गरिएको व्यवसायीको आरोप छ।

प्रकाशित: २७ चैत २०७९ १९:२४ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast