संस्कृति इन्टरनेसनलका विद्यार्थीले जिते ‘नो एम्बिसन इज टु मच’ प्रतियोगिता

हिमाल प्रेस २७ चैत २०७९ १६:०१
12
SHARES
संस्कृति इन्टरनेसनलका विद्यार्थीले जिते ‘नो एम्बिसन इज टु मच’ प्रतियोगिता

काठमाडौँ- संस्कृित इन्टरनेसनल स्कुलका विद्यार्थीले ‘नो एम्बिसन इज टु मच’ प्रतियोगिता जितेका छन्। कक्षा १० का दुईजना प्रतियोगी नितिशा गुरुङ र रेयान राजन पुन प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगिता जितेका हुन्।

विश्वभरका कयौँ प्रतियोगीबीच भएको प्रतिस्पर्धामा दुवै जनाले आफ्नो अब्बल परियोजना प्रस्तुत गरेका थिए। दिगो विकास लक्ष्य ४ मा रहेको गुणस्तरीय शिक्षा सम्बन्धि उत्कृष्ट प्रस्तुतिले नितिशा गुरुङ प्रथम भइन् भने रेयान राजन पुन दोस्रो बने।

नितिशाले प्रथम पुरस्कारको रूपमा इग्ल्यान्डको टोनब्रिज स्कूलमा आयोजना हुने बक्समोर यङ लिडर्स समर कोर्समा निःशुल्क सहभागी हुन पाउने छिन्। त्यहाँ लाग्ने सबै खर्चको भुक्तानी सम्पूर्ण प्रतियोगिता आयोजकले बेहोर्ने स्कुलले जानकारी दिएको छ। यात्रा खर्च, यातायात, आवास र ट्युसन शुल्क पनि सोही खर्चमा समावेश हुने स्कुलको भनाइ छ।

उपविजेता रेयानलाई बक्समोर एजुकेसनले उपलब्ध गराउने कुनै पनि छोटा शैक्षिक तालिम वा कार्यक्रममा १० प्रतिशत छुट हुनेछ। बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसीए)ले बक्समोर एजुकेसन, बेलायतसँगको सहकार्यमा ‘नो एम्बिसन इज टु मच’ प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा विद्यार्थीले दिगो विकासका १७ ओटा लक्ष्यमध्ये कुनै एक लक्ष्य प्रवद्र्धन गर्न आफ्ना सिर्जनात्मक र रचनात्मक विचारहरू प्रस्तुत गर्नुपर्ने थियो।

प्रकाशित: २७ चैत २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast