फाइल तस्बिर
काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ।
बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २७ चैत २०७९ ७:२१ | Monday, April 10, 2023
प्रतिक्रिया





