अनेमसंघको बन्दसत्र सञ्‍चालन गर्न पद्‍मा अर्यालको नेतृत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन

हिमाल प्रेस २५ चैत २०७९ २१:३२
4
SHARES
अनेमसंघको बन्दसत्र सञ्‍चालन गर्न पद्‍मा अर्यालको नेतृत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौँ– अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। शनिबारबाट सुरु भएको सम्मेलनको उदघाटनसत्र सकिएलगत्तै एमाले सचिव पद्मा अर्यालको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो।

अध्यक्ष मण्डलका सदस्यमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहित अनेमसंघकी नेतृहरू गोमा देवकोटा, राधा ज्ञवाली, सीता पौडेल, सीता सुन्दास र मञ्जु चौधरी छन्।

बन्दसत्रमा राजनीतिक र सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित भई नयाँ नेतृत्व चयन हुने कार्यसूची रहेको छ। महाधिवेशनमा मुलुकभरबाट १२ सय ६३ जना प्रतिनिधि रहेका छन्।

शनिबार दिउँसो महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी नरहेको तथ्यसहित आफ्नो निहित स्वार्थका लागि गुटबन्दी नगर्न महिला नेतृहरूलाई निर्देशन दिएका छन्।

अधिवेशनमा नेतृत्व चयनका लागि मापदण्ड बनाइएको छ। दुई महिनाअघि धुलिखेलमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकको निर्णयअनुसार मापदण्डमा एमालेका केन्द्रीय कमिटी सदस्यहरू अनेमसंघको पदाधिकारीमा मात्रै उममेदवार बन्न पाउने योग्यता निर्धारण गरिएको छ।

एमालेनिकट जनसंगठनको पदाधिकारी १७ सदस्यीय रहने मापदण्ड यसअघि नै तय भइसकेको छ।

प्रकाशित: २५ चैत २०७९ २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast