नेकपा (एस)को सचिवालय बैठकमा निर्वाचन समीक्षा

हिमाल प्रेस १३ मंसिर २०७९ १५:०९ | Tuesday, November 29, 2022
नेकपा (एस)को सचिवालय बैठकमा निर्वाचन समीक्षा

काठमाडौँ- राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक अहिले बसिरहेको छ। पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउने गरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ।

यही बेला बसेको सचिवालय बैठकमा चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ। सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्षनेता पराजित भएका छन्।

प्रकाशित: १३ मंसिर २०७९ १५:०९ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast