शनिबारदेखि रोकिएको सुनसरी-४ को मतगणना सुरु

हिमाल प्रेस १३ मंसिर २०७९ १५:०३ | Tuesday, November 29, 2022
शनिबारदेखि रोकिएको सुनसरी-४ को मतगणना सुरु फाइल तस्बिर

इटहरी– सुनसरी ४मा शनिबारदेखि रोकिएको मतगणना सुरु भएको छ। निर्वाचन आयोगको निर्देशनपछि बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको थियो।

कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए। तर आयोगले पुनःमतगणना नभई अहिलेसम्म गणना भएकोबाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको थियो।

हालसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अगाडि हुँदा मतगणना रोकिएको थियो। यहाँ उनै कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। गणना सु‍रु गर्न आज बिहान सर्वदलीय बैठक बसेको थियो। बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेर्ने सहमति भएको थियो । बैठकपछि दलका प्रतिनिधि, उमेदवार, मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिवक्ता, प्रशासन र सुरक्षा प्रमुखले फुटेज हेरेका थिए।

प्रकाशित: १३ मंसिर २०७९ १५:०३ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast