कांग्रेसले आयोगलाई भन्यो : स्याङ्जा र बाजुराको मतगणना सुरु गरौँ

हिमाल प्रेस १३ मंसिर २०७९ १४:५७ | Tuesday, November 29, 2022
कांग्रेसले आयोगलाई भन्यो : स्याङ्जा र बाजुराको मतगणना सुरु गरौँ

काठमाडौँ– नेपाली कांग्रेसले स्याङ्जा २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। आज मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेलसहितको टोलीले निर्वाचन आयोग नै पुगेर मतगणना सुरु गर्न आयोगलाई आग्रह गरेका हुन्। उपसभापति गुरुङ मतगणना रोकिएको क्षेत्र स्याङ्जा २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई संयुक्त रुपमा भेटेर मतगणना सुरु गर्न भनेका हुन्। नेताहरूले एमालेले भनेअनुसार कांग्रेसले कतै बुथ कब्जा नगरेको पनि दाबी गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७९ १४:५७ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast