‘दिगो विकासका लक्ष्य प्राप्तिमा सहकारीको भूमिका महत्वपूर्ण’

हिमाल प्रेस २५ चैत २०७९ १३:४१
2
SHARE
‘दिगो विकासका लक्ष्य प्राप्तिमा सहकारीको भूमिका महत्वपूर्ण’

काठमाडौँ- राष्ट्रिय योजना आयोगाका पूर्वउपाध्यक्ष पुष्पराज कंडेलले दिगोे विकासका लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनमा उनले दिगो विकासमा सहकारी क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको बताएका हुन्। ‘नेपालले दिगो विकासमा मिश्रित किसिमको उपलब्धि हासिल गरेको छ। सहकारीको भूमिका १५औँ योजनामा समेत प्रष्ट रूपमा खुलाइएको छ,’ उनले भने, ‘सहभागितामा कुनै समस्या छैन। सरकारले नै सहकारीमार्फत हुन सक्ने दिगो विकासमा जोड दिएको छ।’

सहकारी सम्बन्धमा बुझाई र सरकारी निकायमा समन्वयको समस्या रहेको उनको भनाइ थियो। आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले सहकारीले दिगोे विकासका सबै लक्ष्य प्राप्त गर्ने काम गरेको बताए। ‘सहकारी क्षेत्रले न्यून आय भएका वर्गमा आर्थिक उन्नति गर्नतर्फ प्रोत्साहन गरेको हुन्छ,’ उनले भने, ‘यसले बजार गतिशील बनाउन भूमिका निर्वाह गरेको छ। पूँजीवादलाई बचाउन र सामाजिक आयामलाई बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ।’

उद्यमहरूको प्रचारप्रसार र पूँजी उत्पादन गर्न सहकारीले सहयोग गरेको पोखरेलको भनाइ थियो। ‘स्थानीय स्तरमा रहेका स्रोतसाधनलाई पहिचान गरी त्यसको परिचालन सहकारीमार्फत उचित रूपमा भएको छ’, उनले भने, ‘सहकारीले सबैलाई समेटेर उत्पादनलाई संस्थागत गरेको छ।’

समाजमा देखिएको वर्गीय असमानतालाई बचाउन सहकारीले राम्रो भूमिका निर्वाह गरेको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले बताए। सहकारीले गरिबी अन्त्य, रोजगारी र उद्यमशीलतालाई जोड दिएको पोखरेलको भनाइ थियो।

सहकारीले गुणस्तरीय शिक्षाका लागि बिनाधितो कर्जा प्रवाह, सामाजिक असमानता न्यूनीकरण गर्न, शान्ति स्थापना गर्नमा सहयोग पु¥याएको उनको भनाइ थियो।

प्रकाशित: २५ चैत २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =