स्वतन्त्र पार्टीका संखुवासभा जिल्ला सभापतिमाथि आक्रमण

हिमाल प्रेस १३ मंसिर २०७९ १४:२१ | Tuesday, November 29, 2022
स्वतन्त्र पार्टीका संखुवासभा जिल्ला सभापतिमाथि आक्रमण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संखुवासभा जिल्ला सभापतिमाथि अज्ञात समूहले आक्रमण गरेको छ। शुक्रबार साँझ ९:५५ बजे होटल सैनिक खाँदबारीमा सुत्न जाँदै गर्दा सभापति निलराज कार्कीमाथि अज्ञात समूहले आक्रमण गरेको घटनाप्रति उक्त पार्टीका प्रवक्ता डा.मुकुल ढकालले विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको संखुवासभा जिल्ला सभापति निलराज कार्की लाई २०७९/०८/०९ गते शुक्रबार साँझ ९:५५ बजे होटल सैनिक खाँदवारीमा सुत्न जाँदै गर्दा अज्ञात समुहद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमा कडा कारवाही गरी नागरिकलाई सुरक्षित जीवनयापन गर्ने वातावरण बनाउन नेपाल सरकार तथा सम्बन्धित स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौँ।’

विज्ञप्ती
राष्ट्रिय स्वतन्त्र पार्टीको संखुवासभा जिल्ला सभापति श्री निलराज कार्की लाई २०७९/०८/०९ गते शुक्रबार साँझ ९:५५ बजे होटल सैनिक खाँदवारीमा सुत्न जाँदै गर्दा अज्ञात समुहद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ।

उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीमा कडा कारवाही गरी नागरिकलाई सुरक्षित जीवनयापन गर्ने वातावरण बनाउन नेपाल सरकार तथा सम्बन्धित स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं ।

डा. मुकुल ढकाल
प्रवक्ता तथा महामन्त्री

प्रकाशित: १३ मंसिर २०७९ १४:२१ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast