हाँडीगाउँमा गहना खोज्‍ने जात्रा सम्पन्‍न

हिमाल प्रेस २४ चैत २०७९ २०:५६
12
SHARES
हाँडीगाउँमा गहना खोज्‍ने जात्रा सम्पन्‍न

काठमाडौँ– हाँडीगाउँमा गहना खोज्ने जात्रा शुक्रबार सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ।

यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मुर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ।

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएकी थिइन्। त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाइ छ।

प्रकाशित: २४ चैत २०७९ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast