मनिष झाको प्रश्न : यसअघिको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा भएका कार्यक्रम किन हटाइयो?

हिमाल प्रेस २४ चैत २०७९ १४:१०
16
SHARES
मनिष झाको प्रश्न : यसअघिको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा भएका कार्यक्रम किन हटाइयो? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले यसअघि जारी गरेको सरकारको नीतिगत प्राथमकिता र न्युनतम कार्यक्रममा समेटिएका विषय यसपटक हटाएकोप्रति आपत्ति जनाएका छन्।

सरकारले बिहीबार नीतिगत प्राथमकिता र न्युनतम कार्यक्रम सार्वजनिक गरेको थियो। झाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै यसअघि राम्रो भनिएका कार्यक्रम किन हटाइयो भन्दै प्रश्न गरेका हुन्र

‘विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक निर्वाचन ऐन तर्जुमा गर्ने, टाइम कार्डको व्यवस्था गर्ने, गुणस्तरीय रोजगारी, शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन र पहुँचयोग्य स्वास्थ्य सेवा ऐन लगायतका केही विषय राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका छन्,’ उनले भने, ‘तर, यसभन्दा अगाडि तयार गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका कुराहरू किन हटाइयो?’

राष्ट्रिय सहमतिको सरकार भन्ने तर यसअघिको गठबन्धनले जारी गरेको कार्यक्रम काटेर कसरी राष्ट्रिय सहमति हुन्छ? भन्ने प्रश्न पनि गरे।

‘त्यो हटाउने अवस्था किन आयो? अस्तिसम्म प्रधानमन्त्रीको सहमतिको विषय अहिले किन असहमतिको विषय भयो?’ झाले प्रश्न गरे।

प्रकाशित: २४ चैत २०७९ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast