काठमाडौँ– अर्जुन कुमारको लगानीमा निर्माण हुने फिल्म ‘फाटेको जुत्ता खै’ को निर्मातामा देव कार्की जोडिएका छन्। अष्ट्रेलियामा फिल्मको रिलिज गर्ने अधिकार लिने सहमतिमा अष्ट्रेलियाबाट नै कार्की निर्मातामा जोडिएको अर्जुन कुमारले जानकारी दिए।
फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र ऋचा शर्मा रहने उनले जनाए। फिल्म आगामी वैशाखमा नवलपरासी पूर्वदेखि छायांकन सुरु गरिने तयारी छ।
दुबईमा भएको नेपाल फिल्म फेस्टिभलमा अर्जुन कुमारले गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुर ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर ‘फाटेको जुत्त खै’ निर्माणको घोषणा गरेका थिए।
‘फाटेको जुत्ता’को निर्देशक निकेश खड्काले नै ‘फाटेको जुत्ता खै’ निर्देशन गर्नेछन्। फिल्ममा आकाश बरालको कथा र प्रवेश मलिकको संगीत रहनेछ।
प्रकाशित: २२ चैत २०७९ १७:०९
प्रतिक्रिया