तस्बिर स्रोत : राष्ट्रिय प्रकृति संरक्षण कोष।
काठमाडौँ- पर्सामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, नेपाली सेनाको संयुक्त टोलीले बाघलाई मंगलबार राति नियन्त्रण लिएको हो।
डार्ट गरी नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। सो बाघले विगत केही समयदेखि कुसुमवाटिका उपभोक्ता समितिको कार्य क्षेत्रभित्र पर्ने ठाउँमा स्थानीयवासीलाई दुःख दिइरहेकाले नियन्त्रणमा लिइएको निकुञ्जको भनाइ छ।
प्रकाशित: २२ चैत २०७९ १०:०३
प्रतिक्रिया




