काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनअन्तर्गत आज प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन हुँदैछ। मनोनयनका लागि केही घण्टामात्र समय बाँकी हुँदा नेकपा एमालेले बारा-२ मा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो छैन।
उपनिर्वाचन हुने अन्य क्षेत्रहरू चितवन-२ र तनहुँ-१ मा उम्मेदवारको टुंगो लगाइसकेको एमालेले बारा-२ मा कसलाई उम्मेदवार उठाउने भन्ने आज सोमबार बिहान निर्णय हुने पार्टी उपसमहासचिव विष्णु रिमाल बताउँछन्।
उनले बारा-२ मा एमालेले कसैलाई समर्थन नगर्ने र आफ्नै उम्मेदवार हुने दाबी गरे। एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्याैपानेलाई उमेदवार बनाएको छ।
प्रकाशित: २० चैत २०७९ ६:४७
प्रतिक्रिया