 
                             
                                            काठमाडौँ– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा चलिरहेको नाटक ‘विमोक्ष’को मञ्चन समय एक साता थप गरिएको छ। दर्शकको उत्साहपूर्ण सहभागिता देखिएपछि नाटक मञ्चन समय एक साता थप गरिएको शिल्पी थिएटरले जानकारी दिएको छ।
फागुन १७ देखि चैत १८ गतेसम्म मञ्चन भएको नाटक समय थप भएसँगै अब चैत २५ गतेसम्म चल्ने छ। दलित समुदायले भोग्नु परेको सामाजिक विभेदलाई प्रेमका माध्यमबाट देखाइएको नाटकको मुख्य पात्रमा घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी र सगुना शाह छन्।
घिमिरे युवराज लिखित नाट्यपुस्तक ‘विमोक्ष’ पनि खरिद गर्न पाउने सुविधा राखिएको छ। मंगलबारबाहेक प्रत्येक दिन बेलुका साढे ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शोसहित नाटक मञ्चन भइरहेको छ।
                            प्रकाशित: १९ चैत  २०७९ १६:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 