क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

हिमाल प्रेस १८ चैत २०७९ ६:३८
2
SHARE
क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो सांकेतिक तस्बिर

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।

क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेकी समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा १७ लाख एक हजार सहयोग जुटाइएको हो।

आफ्नो गाउँठाउँको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका समाजसेवी राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आलेमगरको नेतृत्वमा ‘क्यान्सरपीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो।

राईको जीवन बचाउन देश तथा विदेशका एक सय ५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिएका छन्।

राईको उपचारमा हालसम्म १८ लाख खर्च भइसकेको उनका पारिवारिक स्रोतले जनाएको छ। उपचारमा संलग्न डाक्टरको परामर्शअनुसार औषधि सेवन गरिरहेका राईको औषधि सेवनमा मात्र मासिक रु दुई लाखभन्दा बढी खर्च भइरहेको जनाइएको छ।

संकलन भएको रकमको चेक सांसद रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेको छ।

प्रकाशित: १८ चैत २०७९ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast