आर्थिक सुधार र सुशासनमा सरकारले थप काम गर्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १७ चैत २०७९ १७:५२ | Friday, March 31, 2023
आर्थिक सुधार र सुशासनमा सरकारले थप काम गर्छ : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्। शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देश अहिले आर्थिक रूपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलंका बन्ने स्थितिमा नरहेको उनको भनाइ छ। आफूले प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सम्हालेको करिब १ सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको उनले बताए।

‘अहिले नयाँ-नयाँ राजनीतिक समीकरण बनिरहेको छ। आजमात्रै मन्त्रिपरिषद्‍लाई पूर्णता दिने काम गरिएकाले सरकार मूलभूत रूपमा पूर्ण बनेको छ। सरकारले अब गति लिनुपर्छ। देश अहिले आर्थिक रूपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ। राजनीतिक स्थायित्व पनि चुनौतीपूर्ण छ। सुशासनको कुरा पनि छ,’ उनले भने,’मैले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको १ सय दिन पुग्दा नपुग्दैको अनुभवले सुशासन कायम गर्न सकिन्छ भन्ने देखिएको छ। राहदानी, लाइसेनलगायत अन्य कार्यालयहरूमा सेवाग्राहीको लाइन घटाउने काम भएको छ।’

देशमा केही सुधार गर्न सकिन्छ भन्ने विश्वास गर्न सकिने अवस्था रहेको भन्दै उनले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको उनले दोहोर्‍याए।

प्रकाशित: १७ चैत २०७९ १७:५२ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast