एमालेले चाहे गठबन्धन केही दिनमै भत्किन्छ : विष्णु पौडेल

हिमाल प्रेस १७ चैत २०७९ ११:०९ | Friday, March 31, 2023
एमालेले चाहे गठबन्धन केही दिनमै भत्किन्छ : विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन्।

शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको बताएका हुन्। उनले एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए। यस्तै उनले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप पनि लगाएका छन्।

‘पार्टीको निर्णय मान्नुभएको छैन, उहाँ (भीम रावल) ले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ,’ उनले भने, ‘पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन्। उहाँले एकपछि अर्को गल्ती गर्नुभएको ।’

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको बताए। उनले वर्तमान संसद्ले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताए।

प्रकाशित: १७ चैत २०७९ ११:०९ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast