सुकुमबासी बस्ती खाली गराउन लागेको भन्दै मन्त्री भुसालद्वारा आपत्ति

हिमाल प्रेस १२ मंसिर २०७९ १७:३१ | Monday, November 28, 2022
सुकुमबासी बस्ती खाली गराउन लागेको भन्दै मन्त्री भुसालद्वारा आपत्ति

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हटाउन लागेको विषयमा ऊर्जामन्त्रीले पम्फा भुसालले नै विरोध जनाएकी छन्। भूमि आयोगले सुकुमबासी समस्या समाधानका लागि काम गरिरहेको भन्दै भुसालले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएकी हुन्।

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्छ’ उनले भनिन्।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुमबासी बस्ती खाली गर्न यसअघि सूचना जारी गरिसकेको थियो। सोही सूचनाको आधारमा आज सोमबार काठमाडौँ महानगर प्रहरी परिचालन गरी बस्ती खाली गराउन लागेको थियो।

बस्ती खाली गराउन पुगेको महानगरको प्रहरीमाथि स्थानीयहरूले ढुंगा प्रहार गरेका थिए। उनीहरूले त्यहाँ लगिएको डोजरहरूमा पनि प्रहार गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७९ १७:३१ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast