सांसद निशा डाँगीले विज्ञापन नै गरेर मागिन् स्वकीय सचिव

हिमाल प्रेस १७ चैत २०७९ ७:५३ | Friday, March 31, 2023
सांसद निशा डाँगीले विज्ञापन नै गरेर मागिन् स्वकीय सचिव

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डाँगीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्। सांसद डाँगीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन्।

उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन्। साथै महिलालाई विशेष ग्राहयता दिने उनको भनाइ छ।

प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफूखुसी स्वकीय सचिवमा नियुक्त गरिरहेका बेला सांसद डाँगीले यसरी विज्ञापन नै गरेर योग्य स्वकीय सचिवको खोजी गरेकी हुन्।

प्रकाशित: १७ चैत २०७९ ७:५३ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast