सरकारलाई सांसद डाँगीको प्रश्न- जनताले कहिलेसम्म अत्यावश्यक वस्तुका लागि लाइनमा बस्नुपर्ने हो?

हिमाल प्रेस १९ साउन २०८३ १५:४१ | Tuesday, August 4, 2026
12
SHARES
सरकारलाई सांसद डाँगीको प्रश्न- जनताले कहिलेसम्म अत्यावश्यक वस्तुका लागि लाइनमा बस्नुपर्ने हो?

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सहमहामन्त्री निशा डाँगीले नेपाली जनताहरू अत्यावश्यक वस्तुका लागि कहिलेसम्म लाइन बस्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरेकी छन्। मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले यस्तो बताएकी हुन्।

खाना पकाउने ग्यासका लागि देशैभरजस्तो उपभोक्ताहरू डोपोमा लाइनमा छन्। उनले त्यसतर्फ लक्ष्य गर्दै कहिलेसम्म लाइन बस्नुपर्ने हो भनेर प्रश्न गरेकी छन्। उनले भनिन्, ‘सरकारलाई एउटा मात्रै प्रश्न सोध्न चाहन्छु, नेपाली जनताहरूले कहिलेसम्म अत्यावश्यक वस्तुका लागि लाइनमा बस्नुपर्ने हो?’

सरकारले ग्यास आपूर्ति सहज भने पनि जनताहरू सिलिण्डर लिएर लाइनमा बसेको उनले बताइन्। उनले बजार अनुगमनमा कडाइ गर्न पनि माग गरेकी छन्। ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरिनुपर्ने, वितरण प्रणाली चुस्त र लाइन बस्नुपर्ने बाध्यता हटाउनुपर्ने उनले बताइन्।

प्रकाशित: १९ साउन २०८३ १५:४१ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast