शाओमी नेपालको ‘मिसन शिक्षा’ कार्यक्रम सुरु

हिमाल प्रेस १६ चैत २०७९ १९:२९
2
SHARE
शाओमी नेपालको ‘मिसन शिक्षा’ कार्यक्रम सुरु

काठमाडौँ- स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। अप्ठ्यारोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने उद्देश्यले उक्त दुवै बाल आश्रमलाई सहयोग गरेको हो।

शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्त्व कार्यक्रमअन्तर्गत मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग, स्टेसनरी सामानहरू, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले उक्त सहयोग हस्तान्तरण गरे। उनले शाओमीले ‘मिसन शिक्षा’ कार्यक्रम सुरु गरिएको बताए। ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो,’ उनले भने, ‘हामीले यसलाई हाम्रो मिसन शिक्षा बनाएका छौँ। यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ।’

यस्ता कार्यक्रमहरूले व्यवसायलाई दीर्घकालीन रूपमा समाज, सर्वसाधारण र कम्पनीकै आवश्यकतालाई सम्बोधन गर्ने उनको भनाइ थियो।

प्रकाशित: १६ चैत २०७९ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =