९८ स्थानमा सिद्धार्थ बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

हिमाल प्रेस १६ चैत २०७९ १६:३८ | Thursday, March 30, 2023
९८ स्थानमा सिद्धार्थ बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- सिद्धार्थ बैंकले ‘ग्लोबल मन्त्री वीक २०२३’ अवधिमा ९८ स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ। बैंकले कोशी प्रदेशका १७ स्थानमा, मधेश प्रदेशमा ८ स्थानमा, बागमती प्रदेशका काठमाडौँ उपत्यकाभित्र ५१ स्थानमा र उपत्यकाबाहिर सोही प्रदेशमा ७ स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको हो ।

त्यस्तै गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५, कर्णाली प्रदेशमा एउटा स्थान र सुदूरपश्चिम प्रदेशमा ५ स्थानमा गरी ९८ स्थानमा कार्यक्रम गरेको हो। उक्त कार्यक्रमहरूमा ४ हजार जनाभन्दा बढीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ। बैंकका अनुसार कार्यक्रममा दुई हजार एक सय १८ जना महिला र दुई हजार ७२ जना पुरुषको सहभागिता थियो।

बैंकले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत २० मार्चदेखि २६ मार्चसम्म सप्ताहव्यापी कार्यक्रम गरेको हो। वित्तीय साक्षरता कार्यक्रममा वित्तीय शिक्षाको महत्त्वबारे जागरण गराउनेसम्बन्धी जानकारी गराइएको बैंकको भनाइ छ।

प्रकाशित: १६ चैत २०७९ १६:३८ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast