काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य उनलाई राष्ट्रपति पौडेलले बिहीबार राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।
राष्ट्रपतिले राजनीतिक सल्लाहकार नियुक्त गरेको थापाले हिमाल प्रेसलाई जानकारी दिए। उनले नियुक्ति पत्रसमेत लिइसकेका छन्।
कांग्रेसका पूर्वसहमहामन्त्री उनी धनकुटाका हुन्। राष्ट्रपति पौडेलले बुधबार आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्।
प्रकाशित: १६ चैत २०७९ १५:३६ | Thursday, March 30, 2023
प्रतिक्रिया





