देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस १६ चैत २०७९ १२:३६ | Thursday, March 30, 2023
देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका छन्।

बिहीबार राम नवमीको अवसरमा काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताएका हुन्।

उनले देशमा शान्ति, स्थायित्वको लागि सरकारस्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए।

अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प रहेको पनि स्पष्ट पारे। उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी थिए।

प्रकाशित: १६ चैत २०७९ १२:३६ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast