फिल्म ‘कैदीको पत्र’को गीत ‘मेरो दिलको तालमा’

हिमाल प्रेस १६ चैत २०७९ १२:२० | Thursday, March 30, 2023
फिल्म ‘कैदीको पत्र’को गीत ‘मेरो दिलको तालमा’

काठमाडौँ- आगामी वैशाख १५ गतेदेखि प्रदर्शन हुने ‘कैदी पत्र’ फिल्मको गीत सार्वजनिक भएको छ। सोही फिल्मको ‘मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक भएको हो।

गीतको नेपाली शब्दमा प्रताप दास र शुवानी मोक्तान र अंग्रेजी शब्दमा निखिल गोतामेको स्वर छ। सनमकुमार बैरागीको शब्द रहेको गीतमा सुरेश सेन्चुरीले संगीत भरेका छन्। गीत तथा फिल्मका सम्पादक अर्जुन केसी हुन्।

नेपाली साहित्यकार स्व इश्वर मानन्धरको कथामा आधारित फिल्मका निर्देशक गीतकार बैरागीले गरेका छन्।

फिल्ममा म्याडिसन लाजरस, कुनाल विश्व, सलिना थापा मगर, र्पथ्वी राज खत्री, सुवर्ण थापा, मनिश श्रेष्ठ,सुश्मिता थापा, किरण कार्की, चरण प्रधान, बीजेता श्रेष्ठलगायतको अभिनय छ।

 

प्रकाशित: १६ चैत २०७९ १२:२० | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast