सिद्धार्थ बैंकद्वारा नारायणी अस्पतालको भवन हस्तान्तरण

हिमाल प्रेस १५ चैत २०७९ २०:२७ | Wednesday, March 29, 2023
सिद्धार्थ बैंकद्वारा नारायणी अस्पतालको भवन हस्तान्तरण

काठमाडौँ- सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरेको छ। उक्त भवन निर्माणका लागि गत असोज २६ गते नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता गरिएको थियो ।

सोहीअनुसार ५५ लाख रुपैयाँ लागतमा अस्पताल निर्माण गरी बुधबार हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ। नारायणी अस्पतालमा कार्यक्रम आयोजना गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरे।

प्रकाशित: १५ चैत २०७९ २०:२७ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast